

कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार पर्दैनन् : अध्यक्ष नेपाल



काठमाडौं
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट पार्टीहरु कहिल्यै विदेशीसामु लम्पसार नपर्ने बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनैपनि कम्युनिष्ट पार्टी विदेशीसामु झुक्न नसक्ने बताएका हुन् । उनले कम्युनिष्ट पार्टी कहिल्यै विदेशीको ईसारामा चल्न नसक्ने पनि बताए ।
अध्यक्ष नेपालले कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिने उल्लेख गर्दै राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने गरेको बताए ।
उनले भने, ‘हाम्रो दिमागमा तीन वटा कुरा सदैव रहनुपर्छ । आफ्नो देश, राष्ट्र, राष्ट्रप्रतिको समर्पण भाव, देशभक्तिको भावना यसबाट हामी विचलित हुन सक्दैनौँ । कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनले देशभक्तिलाई महत्व दिन्छ ।’
उनले थपे, ‘विदेशीहरुको सामु लम्पसार पर्दैन । विदेशीहरुका सामु घुँडा टेक्दैन । विदेशीका ईसारामा नाच्दैन । विदेशीहरुको स्वादमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट्र, राष्ट्रियताको रक्षा, राष्ट्रको मर्यादामा रहने कुरालाई केन्द्रबिन्दुमा राख्छ । फलस्वरुप जनताको विश्वास हामी जित्न सक्छौँ ।’
अध्यक्ष नेपालले पार्टीको पोलिटब्यूरो बैठकमा राजनीतिक र सांगठनिक प्रतिवेदन पेस हुनेपनि बताए । उनले कृषिको सम्बन्धमा बनेको नीति र तरिका अवलम्वन गरी त्यसको समीक्षा गर्न आवश्यक रहेको बताए ।
अध्यक्ष नेपालले परिस्थितिको विश्लेषण गर्नु अहिलेको आवश्यक्ता रहेको भन्दै परिस्थितिको ठोस विश्लेषण गर्नसकेमात्र सही नीति तर्जुमा गर्न सकिने र पार्टी बलियो बन्ने बताए ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया