

अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ हजार जना नाघ्यो





एजेन्सी
अफगानिस्तानमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक हजार जना नाघेको छ । पाक्ति प्रान्तमा गए राति गएको ६ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण संरचनाहरूमा क्षति हुँदा ज्यान गुमाएका एक हजार जनाभन्दा धेरैको शव भेटिएको अफगान सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भूकम्पमा घाइते भएका एक हजार पाँच सय जनाभन्दा धेरैको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खोजी तथा उद्धार चलिरहेकोले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने तालिबान नेता हिबतुल्लाह अखुन्जादाले बताउनुभएको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ । भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँच सय किलोमिटरभन्दा धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भू–मध्य सागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया