

अफगानिस्तान र पाकिस्तानमा ६.१ म्याग्निच्युडको ठूलो भूकम्प



काबुल, एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।
भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्केका थिए । तर, क्षतिको विवरण सार्वजनिक भएको छैन ।
भूकम्प भारतका केही भूभागमा महशुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी) ले जनाएको छ ।।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया