

दाङमा सडक खन्दा ५३७ ऐतिहासिक सिक्का फेला परेपछि





दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ४ रक्षाचौरमा परम्परागत सिक्का भेटिएका छन् । विहीबार त्यस स्थानमा सडकको ट्रयाक खन्ने क्रममा सिक्का भेटिएका हुन् । गोटिखोलादेखि–सिमरामा सडकको नयाँ ट्रयाक खोल्ने क्रममा जेसीवी चालकले ति सिक्का भेटाएका थिए । त्यहाँ दुई वटा जेसीवीले बाटो खनिरहेका थिए ।
ति सिक्का भेटाएपछि दुबै जना चालकले भागबण्डा गर्ने सहमति गरेका थिए । चालक सुवास चौधरी र राजन खडकाले त्यहाँ जेसीवी चलाएका थिए । उनीहरु मध्ये सुवासले सडक खन्ने क्रममा ति सिक्का भेटाएका थिए ।तर, ति सिक्का राजनले पनि आफ्नो भागमा पार्नुपर्ने माग गरेपनि सुवासले नदिएपछि यो कुरा बाहिर आएको छ ।
त्यसपछि राजनले सम्बन्धित जग्गावालालाई जानकारी दिए । तुलसीपुर ४ रक्षाचौर निवासी शोभा भण्डारीको जग्गामा उक्त सिक्का भेटिएको हो । त्यसपछि जग्गा धनीले त्यहाँ सिक्टा भेटिएको कुरा प्रहरीलाई भनेपछि त्यो कुरा बाहिर आएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार ५ सय ३७ सिक्का भेटिका थिए । ति मध्ये ७६ वटा एक रुपैँया लेखेका भारतीय सिक्का र ४६१ वटा श्री ३ लेखिएका नेपाली सिक्का रहेका छन् । ति सिक्का तुलसीपुर १५ निवासी सुवाले घरमै लिएका थिए ।सिक्टा भेटिएको कुरा जग्गा धनीले प्रहरीलाई खबर गरेपछि प्रहरीले अनुसन्धन गर्दा सुवासकै घरमै लुकाई राखेको अबस्थामा बरामद गरेको हो । अनुसन्धनकै क्रममा ७ वटा सिक्टा घरमा भुइमा खसेको अबस्थामा भेटिएपछि ति सिक्टा खोजतलास गर्न सहज भएको थियो । सिक्टाहरु वि।स।१८०० तथा पृथ्वीनारायण शाहको लेखिएको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
भेटिएका सिक्काहरु सम्बन्धित निकायमा पठाउने प्रहरी निरीक्षक शाहीले बताए । पत्रकार सुमन केसीले ग्लोबल आवाजमा समाचार लेखेका छन् ।


खबर सबै
-
सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने
-
नेपाली विदेश जाँदा नौ महिनामा बाहिरियो एक खर्ब ६५ अर्बभन्दा बढी रकम
-
स्ववियु खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
रास्वपाले तोक्यो वडा, पालिका र जिल्ला अधिवेशनको मिति, कसको कहिले ?
-
कपिलवस्तुबाट १७५ जना हज यात्रामा जाँदै, गिरयाे बिदाइ
-
कपिलवस्तुको ‘कोइलीचौर वन’ बन्यो अन्य जिल्लाका सामुदायिक वनका लागि ‘सिकाइ केन्द्र’
-
मुख्यमन्त्री विजयले के गरे पहिलो निर्णय ?
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन











प्रतिक्रिया