

रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको ईयूको आरोप



एजेन्सी | युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ ।
ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताउनु भएको हो ।
युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उहाँको भनाइ छ । रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उहाँले बताउनु भएको छ । उहाँले विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घ र आफूहरुले प्रयास थाल्ने दाबी पनि गर्नु भएको छ ।
ईयूका अनुसार रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ । खाद्य सुरक्षाका लागि युक्रेनबाट हुने निर्यातलाई जहाजमार्फत पुनः सञ्चालन गर्नु जरुरी भएको र यसका लागि संयुक्त राष्ट्र सङ्घसँग छलफल भइरहेको ईयूले जनाएको छ ।
यो छलफलले कुनै निकास निकाल्ने हुँदा विश्वव्यापी खाद्यान्न अभावको थप सङ्कट रोकिने ईयूको दाबी छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया