

रूसले विश्वलाई अनिकालको जोखिममा धकेलेको ईयूको आरोप





एजेन्सी | युरोपेली सङ्घ ईयूले रूसले विश्वलाई अनिकालको जोखिममा पारिरहेको आरोप लगाएको छ ।
ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनी निर्यातमा लगाएको अन्न ढुवानी र प्रतिबन्धका कारण रुसले विश्वमा अनिकालको जोखिम निम्त्याएको बताउनु भएको हो ।
युक्रेनमाथि रुसले सुरू गरेको युद्धका कारण खाद्य सुरक्षाको खतराको बढेको उहाँको भनाइ छ । रूसले ‘ब्ल्याक सी’लाई युद्धग्रस्त क्षेत्रमा परिणत गरेको र युक्रेनबाट अन्न तथा मल ढुवानीमा अवरोध खडा गरेको उहाँले बताउनु भएको छ । उहाँले विश्वव्यापी खाद्य सुरक्षाका लागि संयुक्त राष्ट्र सङ्घ र आफूहरुले प्रयास थाल्ने दाबी पनि गर्नु भएको छ ।
ईयूका अनुसार रूसले आफूलाई खाद्य सङ्कटबाट बचाउन आफ्नो अन्न निर्यातमा कोटा तथा अतिरिक्त कर पनि लागू गरिरहेको छ । खाद्य सुरक्षाका लागि युक्रेनबाट हुने निर्यातलाई जहाजमार्फत पुनः सञ्चालन गर्नु जरुरी भएको र यसका लागि संयुक्त राष्ट्र सङ्घसँग छलफल भइरहेको ईयूले जनाएको छ ।
यो छलफलले कुनै निकास निकाल्ने हुँदा विश्वव्यापी खाद्यान्न अभावको थप सङ्कट रोकिने ईयूको दाबी छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया