

भैरहवामा एक स्विमिङ्ग पुलमा डुबेर २७ वर्षिय युवकको मृत्यु



भैरहवा । भैरहवामा एक होटलद्वारा सञ्चालित स्विमिङ्ग पुलमा डुबेर स्थानीय एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले दिएको जानकारीअनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर ती युवकको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धार्थनगर नगर पालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधर रहेका छन् ।
शुक्रबार साथीहरुसंगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर सवा ५ बजे तिर स्विमिङ्ग पुलमा डुबेका थिए । उनलाई उद्धार गरी अस्पताल लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पौडेलले बताए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया