
राज्यमन्त्री वली प्रकरणको छानबिन गर्न समिति गठन

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली प्रकरणमा छानबिन गर्न एक समिति बनाइएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
यस्तै समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका छन् । प्रेम सम्बन्धको विषयमा एक महिलासँग विवाद भएको विषयमा उनलाई मंगलबार प्रहरीले दाङबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि स्वास्थ्यमा समस्या भएको भन्दै उनलाई बुटवल लगिएको छ ।
यस्तै आजै बसेको मन्त्रिपरिषद् बैठकले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेस गर्ने स्वीकृत प्रदान गर्ने, प्रदेश सरकारको आर्थिक वर्ष २०७९र०८० को बजेट पेसका लागि स्वीकृत प्रदान गर्ने, प्रदेश सरकार विकास पहिलो संशोधन अध्यादेश २०७८ प्रतिस्थापन विधेयक, आइसोलेसन अस्पतालमा सेवा निरन्तर जनशक्ति कार्यरत जनशक्ति कार्यरत थप गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता मन्त्री तिलक राम शर्माले बताए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया