

रुपन्देहीमा स्वीमिङ पुलमा डुबेर एक शिक्षकको ज्यान गयो



रुपन्देही । रुपन्देहीमा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । तिलोत्तमास्थित न्यू लाइट स्कुलका शिक्षक ३० वर्षीय सन्दीप पौड्यालको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तिलोत्तमा नगरपालिका–१ सङ्कर नगरका ३० वर्षीय सन्दीप पौड्याल तिलोत्तमा नगरपालिका–३ स्थित बिग चियर रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्न पुगेका थिए । सोही क्रममा डुबेर उनी बेहोस भएका थिए ।
उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया