रुपन्देहीमा स्वीमिङ पुलमा डुबेर एक शिक्षकको ज्यान गयो

रुपन्देही । रुपन्देहीमा पौडी खेल्ने क्रममा स्वीमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ । तिलोत्तमास्थित न्यू लाइट स्कुलका शिक्षक ३० वर्षीय सन्दीप पौड्यालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका तिलोत्तमा नगरपालिका–१ सङ्कर नगरका ३० वर्षीय सन्दीप पौड्याल तिलोत्तमा नगरपालिका–३ स्थित बिग चियर रिसोर्टको स्वीमिङ पुलमा पौडी खेल्न पुगेका थिए । सोही क्रममा डुबेर उनी बेहोस भएका थिए ।

उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रातोपाटीबाट ।

प्रतिक्रिया

खबर सबै