

यस्ता छन् आँप खानुका फाइदाहरू


काठमाडौं । ‘फलफूलको राजा’ को नामले चिनिने आँप स्वास्थ्यका दृष्टिले निकै फाइदाजनक फल हो । आँपमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ र ‘ई’ को साथै फाइबर तथा एन्टिअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ ।
आँपले छालालाई स्वस्थ बनाउनुका साथै डन्डिफोरबाट पनि राहत दिलाउँछ । यसमा पाइने कपरले रातो रक्तकोशिका बढाउन मद्दत गर्ने भएकाले एमोनिया भएका बिरामीलाई फाइदाजनक हुन्छ । त्यस्तै, आँपले कोलेस्ट्रोल घटाउनसमेत मद्दत गर्छ भने यसमा इन्सुलिनको स्तरलाई सन्तुलित राख्न पनि सहयोग गर्छ ।
तर, मधुमेहका रोगका बिरामीले सकेसम्म आँप नखान वा स्वादका लागि मात्रै खान मुटुरोग विषेशज्ञ डा. ओम मूर्ति अनिल सुझाव दिन्छन् । उनका अनुसार आँपमा क्यालोरी बढी हुने भएकाले मोटोपना बढाउन सक्ने सम्भावना रहन्छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया