

दाङमा जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध

दाङ । दाङ जिल्ला समन्वय समितिमा सत्ता गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि आज बुधबार उम्मेदवारी दर्ता गरिएको छ । नेकपा एमालेले उम्मेदवारी दर्ता नगरेपछि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरू निर्विरोध भएका हुन् । निर्वाचन आयोग यसको औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका थिए। समितिको प्रमुखमा कांग्रेसका नित्यानन्द शर्माले उम्मेदवारी दिएका थिए। उनी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं। ७ बाट सदस्यमा निर्वाचित भएका थिए ।
उपप्रमुखमा कांग्रेसकी चेतना चौधरीको निर्विरोध भएकी छन् । उनी बबई गाउँपालिका वडा नं।७ बाट सदस्यमा निर्वाचित भएकी थिइन् । त्यस्तै सदस्यमा कांग्रेसका कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य ) र कल्पना शेर्पाइली (महिला सदस्य ) बनेका छन्। भएका हुन् ।
माओवादी केन्द्रबाट टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका थिए। दुबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया