

शेयर बजारमा निरन्तर ओरालो यात्रा



काठमाडाैँ । नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालाे झरेकाे थियो ।
बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक २० सय ७१ अंकमा पुगेर बन्द भएको छ । बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको छ ।
नेप्सेमा ३८ लाख ४८ हजार ५०८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा शुक्रबार २२६ कम्पनी सेयर कारोबार हुँदा १९७ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन्।
सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १५ रुपैयाँले बढेर १६८ रुपैया पुगेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १५९ रुपैयाँ बढेर १७ सय ५७ रुपैया पुगेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया