

चालू आर्थिक वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान



काठमाडौं
सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।
अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताए । उनले चालू आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी भएको पनि बताए ।
उनले भने, ‘कोभिडको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्व ५२ अर्व ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।’
उनले थप भने, ‘चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्ब ८१ करोड र ऋण रु १ खर्व ७२ अर्ब ८८ करोड परिचालन हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म रु १ खर्व ३५ अर्ब आन्तरिक ऋण उठाई सकिएको छ । चालू आर्थिक वर्षमा रु २ खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ ।’


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया