
लगातार तेस्रो दिन पनि शेयर बजार बढ्यो, कारोबार रकम भने १ अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै
लगातार तेस्रो दिन पनि शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बिहीवार ८ दशमलव ०३ अङ्कले बढेर दुई हजार दुई सय ३९ दशमलव ६० विन्दुमा पुगेको छ ।
आज बैंक, व्यापार, बीमा, उत्पादन, माइक्रोफाइनान्स, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य बढेको छ । विकास बैंक, जलविद्युत्, होटल र अन्य समूहको शेयर भने घटेको छ ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । दुई सय २२ वटा कम्पनीकाे २३ लाख २४ हजार कित्ता शेयर ८८ करोड ९८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै मेगा बैंकको पाँच करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै मेगा बैंकको शेयर १० प्रतिशत र नारायणी विकास बैंकको शेयर ६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुराँस लघुवित्त कम्पनीको शेयर झन्डै साढे पाँच प्रतिशतले घटेको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया