सरकारको नीति तथा कार्यक्रमा चास्नीमा नडुबाएकाे जेरी जस्तो : ओली

काठमाण्डाै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएकाे जेरी जस्तै रहेको टिप्पणी गर्नुभएकाे छ । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सरकारको नीति तथा कार्यक्रमलाई तेलमा मात्रै डुबाएको र गुजुल्टी परेको जेरी जस्तै भएको टिप्पणी गर्नु भएको हो ।

नीति तथा कार्यक्रमका विषयको प्रस्थान विन्दु, आदि र अन्तिम विन्दु के हो भन्ने नै थाहै नभई जेरी जस्तै गुजुल्टीएको भन्दै कुनै नीति नभएको नीति तथा कार्यक्रम ल्याएको आराेप लगाउनुभयाे । यस्तै उहाँले याे नीति तथा कार्यक्रमलाई अस्थिरताकाे प्रमाणपत्र भएकाे पनि दाबी गर्नुभएकाे‍ छ ।

प्रतिक्रिया

खबर सबै