

उच्च माविको मुहार फेरे जसरी वडाको मुहार र्फेर्छु :पौडेल



हरि घिमिरे
बाणगंगा वडा न. ८ का वडा अध्यक्ष पदका उम्मेद्वार हुमनाथ पौडेलले बाणगंगा मावि लौगाईको मुहार फेरे जसरि वडाको मुहार फेर्ने बताउनु भएको छ । बाणगंगा माध्यामिक विद्यालय लौगाईको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले यस्तो बताउँनु भएको हो ।
उहाँले बाणगंगा मा.वि लौगाईमा दुई कार्यकालमा विद्यालयको कायापलट भएको जिकिर गर्नु भयो । बाणगंगा मा.वि लौगाई कस्तो थियो ? भन्ने वालवालिकाका अभिभावक संग उहाँले प्रश्न गर्दा सवैले तालि पिटेर पौडेलको प्रशंसा गरेका थिए । विगतको विद्यालयको अवस्था हेर्दा र हालको अवस्थाले बताउँछ भन्दौ अभिभावक भक्तीराम भुसालले भन्नु भयो गरे के हुँदैन र भन्ने उदाहरण पेस गर्ने मध्य यिनै हुमनाथ पौडेल रहेछन् । वालवालिका लाई बोडिङ्ग स्कुलमा पढाउनु पर्छ भन्ने म अहिले सरकारि विद्यालयको अभिभावक भएर आएको छु ।
अव आफौ सोच्नुहोस ? उल्टा प्रश्न गर्नु भयो । साच्चौ पौडेलले विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको दुई कार्यकालमा विद्यालयलाई नगरपालिका मात्रै नभएर जिल्लाकौ उत्कृष्ट विद्यालयको रुपमा स्थापित गरेको विद्यालयका प्राचार्य कुलराज पौडेलले बताउनु भयो । पौडेलले कपिलवस्तु उद्योग वाण्ज्यि संघको १०औं कपिलवस्तु महोत्सवमा स्टल तथा स्थल संयोजकको भुमिकामा रहदाँ संस्थालाई ८८ लाख बचत गर्न सफल भएको उहाँको भनाई छ । विभिन्न सामाजिक संस्थामा आफ्नो पहिचान बनाउनु भएका पौडेल बाणगंगा वडा नम्बर ८ को अध्यक्षको उम्मेद्वार भएकाले सवैले आ–आफ्नो ठाँउ बाट सहयोग गर्न उहाँले अपिल समेत गर्नु भएको छ ।
पौडेलले भन्नुभयो “साच्चै मुखले भन्दा व्यवाहारले जनताको सेवा र विकास गर्नु पर्छ ।” वडा न.८ का जनता सक्षम र सचेत भएकाले पनि पाको र व्यवाहारिक उम्मेद्वार जनताले चिनि सकेको बताउनु भयो । पौडेलले वडाको शैक्षिक विकास र वडावासिका सना, ठुला समस्या समाधान गर्ने प्रतिबद्धता बालवालिकाका अभिभावक संग राख्नु भयो । उहाँले कुनै प्रलोभनमा नपरि सच्चार र्कमठ चार दलिय गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन अभिभावक समंक्ष आग्रह गर्नु भयो । अभिभावक भेटघाटमा महिला सदस्यमा सिर्जना गैरे, दलित महिला सदस्यमा अनुराधा परियार र खुल्ला सदस्यहरुमा कमल वेल्वासे र शिव खासु मगर गरि ५ जनाको सक्रिय टिमले वडाका मतदातासंग भेटघाट गरि घरदैलो कार्यक्रम गरेका छन् ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया