

बाँकेलाई औलोरहित जिल्ला बनाउने तयारी


बाँके . बाँकेलाई औलोरहित जिल्ला बनाउनको लागि आवश्यक तयारी तीव्र रुपले अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सन् २०२५ सम्ममा नेपालबाटै औलो उन्मुलन गर्ने तयारी भए पनि बाँकेको खासगरी नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा औलोका बिरामी देखापरेपछि सम्बन्धित पालिका र स्वास्थ्य कार्यालय बाँकेले आवश्यक तयारी अघि बढाएको छ ।
बाँकेको नरैनापुरमा सबैभन्दा बढी केस देखापरेपछि स्थानीय पालिकाले त्यसको निगरानी राख्नुको साथै उपचारसँगै जनचेतनाको लागि पहल गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख नागेन्द्रकुमार शाहले जानकारी दिए । उनले भारतको महाराष्ट्रमा रोजगारी गर्न जानेहरू उतैबाट संक्रमित भएर आउने गरेको कारण नरैनापुरमा संक्रमित संख्या बढी देखिएको बताए ।
उनले भने, देखिएको केस नरैनापुरको स्थानीय होइन । भारतमा रोजगारीका लागि गएर फर्केकालाई ज्वरो आएपछि स्वास्थ्य परीक्षण गर्दा औलोको संक्रमण देखिएकाे हाे ।’ उनले चालु आर्थिक वर्षको चैत्रसम्ममा नरैनापुरका ४२ जनामा औलोको संक्रमण देखिएको बताए । उनले पालिकाले सचेतनाको लागि विभिन्न कार्य गर्दै आएको साथै झुल वितरण गर्ने, लामखुट्टेको लार्भा मार्नको लागि विषादी छर्ने जस्ता कार्य भएको बताए ।
औलोबाट बाँकेको नरैनापुरको वडा नं २ र ३ मा सबै भन्दा बढी संक्रमित पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६१ जना, ०७६/०७७ मा ५६, ०७७/०७८ मा ४२ र चालु आर्थिक वर्षको २१ चैतसम्मको ८० वटा केस रिर्पोटिङ भएका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया