


वाणगङगामा काङ्ग्रेसको जित सुनिश्चित छ : मतदाता



राधा पाण्डे
कपिलवस्तुको वाणगङगा नगरपालिकामा मतदाताहरुले काङ्ग्रेसको जित निश्चित भएको बताएका छन् । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई केन्द्रित गर्दै नेपाली काङ्ग्रेस पार्टीले वडा नम्बर ७ मा गरेको गरदैलो कार्यक्रममा अरु पार्टीले आफ्ना समस्या बुझ्न नसक्ने र जनतालाइ हैरानी हुने भएकोले काङ्ग्रेसलाई भोट दिई जिताउने बताएका हुन्। मंगलबार वनगाइ, मोतिपुर डाँडा, धैरेनी डाँडा लगायतको स्थानमा नगर र वडाको समग्र रुपमा गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुले यस्तो बताएका हुन्।
नेपाली काङ्ग्रेसका मेयर पदका उमेद्वार रविराज आचार्यले अरु पार्टीको व्यबहारबाट जनता आजित भएकोले नेपाली काङ्ग्रेसको यस पटकको जित सुनिश्चित भएको दावी गर्नुभयो। उहाँले जनताले आफुलाइ साथ दिने पुर्ण विश्वास रहेको बताउनुभयो । यस्तै उप मेयर पदका उम्मेद्बार तारावती थारुले महिलाका हक अधिकारका लागि काम गर्ने बताउदै महिलाका जुनसुकै समस्या समाधान गर्न लागिपर्ने दावी गर्नुभयो ।
यस्तैगरि नेपाली काङ्ग्रेसका वाणगङगा नगरपालिका वडा नम्बर ७ का अध्यक्षका उमेद्वार कुमार खड्काले आफुले चुनाव जितेमा पहिलो प्राथमिकतामा कृषकका समस्या समाधान र छाडा चौपायाको व्यवस्थापन गर्ने प्रतिवद्दता व्यक्त गर्नुभएको छ । उहाँले वडा अध्यक्ष जितेमा सरकारी तलब भत्ता वडा भित्रका अति बिपन्न वर्गका बालबालिकाहरुको शिक्षामा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो। यस्तै नेपाली काङ्ग्रेसका नगरसभापती विष्णु थापाले नगरले साच्चिकै नेपाली काङ्ग्रेस मागेकोले यस पटकको जित काङ्ग्रेसकै हुने दाबी गर्नुभयो ।
उहाँले नगर र वडामा नेपाली काङ्ग्रेसका युवा नेताको जित अवश्य हुने ठोकुवा समेत गर्नुभयो । यस्तैगरी नगर सचीव सुर्य बरालले नगरमा तातेको पार्टी र घरदैलो कार्यक्रममा देखिएको जनलहरले पक्कै पनि नेपाली काङ्ग्रेसको जित सुनिश्चित भएको दाबी गर्दै आफ्नै पार्टीको जित निश्चित भएकोले तानाशाहीको शासनबाट अब कोहि पनि पिडित हुनु नपर्ने बताउनुभयो ।
नगरमा काङ्ग्रेसका मेयर पदका उमेद्वार रविराज आचार्य, उप मेयर पदका उम्मेद्बार तारावती थारुको उम्मेद्बारी रहेको छ भने वडा ७ मा वडाध्यक्षका उम्मेदवार कुमार खड्का, महिला वडा सदस्य कृष्णा ज्ञवाली, दलित महिला वडा सदस्य सुशील नेपाली , खुला वडा सदस्यमा छेदा थारु र दल बहादुर गुरुङ्गले उम्मेद्बारी दिनुभएको छ ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता







प्रतिक्रिया