


बाणगंगा नगरपालिका वडा ८ मा नेपाली कांग्रेसले ततायो चुनावी माहोल



राधा पाण्डे/कपिलवस्तु
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा न. ८ मा नेपाली कांग्रेसले चुनावी माहोल बनाउन घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई केन्द्रित गर्दै कांग्रेसले घरदैलो कार्यक्रमलाई तिव्रताका साथ अगाडी बढाएको हो ।
वडामा काङ्ग्रेस पार्टीलाई जिताउन जनलहर निकै तातेको देखिएको छ । `समुन्नत नगरपालिका सुखी नगरवासि´को परिकल्पना पूरा गर्नको लागि नेपाली कांग्रेसलाई नै विजयी गराउनुपर्ने कार्यकर्ताले बताएका छन् । अघिल्लो चुनावमा दुई तिहाइ मत नेकपाले पाउँदा, समेत आफ्नो स्वार्थका कारणले देशलाइ नै सङकटमा पारेको कारणले यश पालिको चुनाबी लहर काङ्ग्रेसको पक्षमा देखिएको छ ।

साथै यस पाली नेपाली काङ्ग्रेसको रुख चिह्नमा मतदान गरि नेपाली काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने मतदाताहरुले बताएका छन् । बाणगंगा ८ मा वडाध्यक्षका उम्मेदवार कृष्ण प्रसाद पोखरेल, महिला वडा सदस्य विष्णु भट्टराई मल्ल, दलित महिला वडा सदस्य कमला मिजार , खुला वडा सदस्य सक्रान्ती थारु र पुस्प राई साथै नगर सभापति विष्णु थापा लगायतका नेता तथा कार्यकर्ताहरुले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् । कार्यकर्ताहरु नेपाली काङ्ग्रेस जिन्दावाद नारा सहित नाच्दै जनताको घरदैलोमा पुगेका छन् ।



खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया