होटलमा दारु खुवाउन नसकेका कारण एमालेले वडा अध्यक्षको टिकट दिएन : नेत्र गिरी

ईसाझाकुरा

कपिलवस्तुको बाणगंगा ७ मा एमाले कमजोर बन्यो अहिले चुनावी माहोलमा सबैको ध्यान केन्द्रित बनाइ रहेको छ । यो वडामा विशेष गरी नेकपा एमाले भित्रको चरम द्धन्दका कारण पार्टी भित्रै दुई दाजु भाई विच कडा प्रतिस्पर्धा रहेको छ ।
वडा अध्यक्ष पदका लागि वडा नम्बर ७ मा एमालेका पुराना नेता नेत्रज्योती गिरीले स्वतन्त्र उम्मेद्धारी दर्ता गरेर चुनावी मैदानमा छन् भने उनका सहोदर भाई विष्णु गिरी एमालेबाट वडा अध्यक्ष पदका लागि पुनः दोहोरिने दाउमा छन् ।
शुक्रबार उम्मेद्धारी फिर्ताको समय थियो ।

वडा नं. ७ मा नेकपा माओवादीका नेता शिव बन्जाडेले आफ्नो उम्मेद्धारी फिर्ता लिएर स्वतन्त्र उम्मेद्धारी दिएका नेत्रज्योती गिरीलाई नै समर्थन गर्ने जनाए सँगै बाणगंगा ७ को चुनावी गतिविधिमा थप नयाँ तरंग पैदा भएको छ ।
चार दलिय गठबन्धनले संयुक्त आयोजना गरेको पत्रकार सम्मेलनमा चार दलीय गठबन्धनको साझा उम्मेद्धार बनाउने गरी नेत्रज्योती गिरीलाई समर्थन जनाएपछि गिरीले आफु लामो समय एमालेको राजनितिमा सक्रिय रहँदा रहँदै पनि अहिले पार्टीले आफु माथि अन्याय गरेका कारण अब पछाडि नहट्ने बताएका छन् ।

आफ्नो जीवनकालमा राजनितिक हिसाबले धेरै पिडितको जीवनमा सुखका दिन ल्याएको भए पनि आफ्नो जीवन सधै दुखमा वितेको बताएका छन् । साबिकको मोतिपुर गाबिसलाई एमालेको लालकिल्ला बनाएका गिरिले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र समुह बनाई छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रीएका छन ।

उनले पारिवारिक सल्लाह अनुसार भाइ विष्णु गिरीसँग सल्लाह गरी सहमति गरे पछि पार्टीमा प्रस्ताव पठाएको र पार्टीबाट उम्मेद्धारी शिफारिस गरेको अवस्थामा अन्तिममा चलखेल भएको बताएका छन् । उनले भने, मेरै भाइले मेरै बारेमा खुरापाति सुरु गरेछ, मेरो लामो राजनितिक पृष्ठभुमि समाप्त पर्ने खेल भयो । जनताको जनमत, जनता न्यायधिस हुन, जनताले कसलाई मतदान गर्छन हेरौँ उनले भने ।

आफुले जसपाको चुनाव चिन्ह लिएका विषयमा भ्रम सिर्जना गरिएको भन्दै उनले भने मैले जसपाको चुनाव चिन्ह लिए म चुनावमा गएँ अब फैसला जनताको उनले भने ।
जनताले दिएको अभिमतलाई आफुले सहस्र स्विकार गर्ने उनले बताएका छन् । आफुले चुनावमा जाने बताए देखि भाइले समेत आफुलाई सम्पर्क नगरको उनले बताएका छन् । दाइ भाइको मुल्यांकन कसरी गर्यो पार्टीले उनले प्रश्न गरे ।
आफुले दारु पानी खुवाउने दाम नभएका कारण पार्टीले पछाडि पारेको आरोप पनि लगाएका छन् ।

अब कुनै पनि अवस्थामा पछाडि नहट्ने समेत उनले स्पष्ट पारेका छन् । बाहिरी आवरणमा विष्णु गिरीले काम नगरे पनि फेसवुके राजनिती र पाँच वर्षमा आफ्नो अहमताका कारण जनताले उनी बिरुद्धमा मुद्धामामिला व्यहोरेको भाईको जनतामा लोक प्रियता घट्दै गएको उनले बताए । परिवारका अन्य सदस्य र भाइहरुबाट समर्थन रहेको विष्णु गिरीको मात्रै समर्थन नरहेको उनले बताए । २०५४ को चुनावमा समेत आफु आफ्ना मित बा सँग चुनाव लडेको सम्झदै उनले भने नातामा भाइ भाइ हुने र दाइ दाइ नै हुने उनले बताए ।

साविक मोतिपुर गाविसमा नेकपा एमालेलाई बलियो बनाउन उनको नेतृत्वदायी भुमिका रहेको थियो । निडर स्वभावका नेत्र गिरिको पक्षका अहिले साविक गाविसका अधिकांश नागरिक देखिएका छन । त्यसमध्ये केही खुलेरै लागेका छन भने केही पार्टीले कारबाही गर्ने डरने मौन बसेका छन । राजनितिमा नेत्र गिरि पिडितै हुन भन्दै वडा नः ७ का रमेश थारुले प्रचारमा नहिडे पनि भोट भने नेत्र गिरिकै समुहलाई हाल्ने बताएका छन ।

प्रतिक्रिया

खबर सबै