

कपिलवस्तुमा सहकारीको करोडौँ रकम हिनामिना आरोपमा ५ जना जेल चलान



कपिलवस्तु । तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना भएको मुद्दामा कसुरदार ठहरिएका ५ जनालाई नै जेल सजाय तोकिएको छ। गत फागुन १२ गते अदालतद्वारा कसुरदार ठहराइएका ३ जनालाई ५ वर्ष र २ जनालाई ३ वर्ष कैद सजाय तोकिएको हो।
अदालतका न्यायधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले सहकारीका कर्मचारी राजेशकुमार कान्दु, कार्यकारी निर्देशक निलाफ चन्ददेव पाण्डेय र व्यवस्थापक अभिनाश देव पाण्डेयलाई जनही ५ वर्ष कैदको फैसला भएको अदालतका इजलास अधिकृत लक्ष्मण पंथीले जानकारी दिए।
यस्तै सहकारीको बचत संकलनकर्ता श्रवणकुमार गुप्ता र सुन्दरकेशव गुप्तालाई जनही ३ वर्ष कैद सजाय तोकिएको छ। सहकारी ऐन २०७४ को दफा १२४ ९१० ङ बमोजिम उनीहरुलाई कैद सजाय तोकिएको हो। गत फागुन ११ गते न्यायधीश सापकोटाको इजलासले ५ जनालाई कसुरदार ठहराएको थियो।
अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठीतरुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठीत अपराध मुद्दा चलेको थियो। २ वर्षदेखि चलेको तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड अपचलन भएको मुद्दामा ५ जना कसुरदार ठहरिएका थिए।
अदालतले ३ जना कर्मचारी र २ जना बचत संकलकर्तालाई कसुदार ठहराएको थियो। सो मुद्दामा ४५ जनाले भने सफाइ पाएको अदालतका श्रेस्तेदार सुमन पाण्डेयले बताए। अदालतमा २०७६ पुस १२ गते सहकारी समिति र कर्मचारीहरु गरी ५३ जनाविरुद्ध संगठित रुपमा ठगी गरी अपचलन गरको सहकारी रकम हिनामिन ठगी गरेको तथा संगठित अपराध मुद्दा चलेको थियो।
त्यसमध्ये ४५ जनाले सफाइ पाइसकेका छन्। फैसला कार्यान्वयनकाका लागि अदातलका तहसिलदार, कपिलवस्तु नगरपालिका सहकारी संस्था हर्ने अधिकारी र बचतकर्ता तर्फबाट संयोजक बनेका शत्रुघनशरण चौधरीले १५र१५ दिन भित्र सहकारीको सुपरिवेक्षण गर्ने फैसला गरिएको थियो। यस्तै मुद्दा चल्नु पूर्व रहेका समित र लेखा समितिलाई एक हप्ता भित्र विशेष साधारण सभा बोलाउन निर्देशन गरिएको थियो। समितिलाई अदालतले विभिन्न १५ वटा कार्य गर्ने जिम्मेवारी दिएको थियो।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया