

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित भित्तेपात्रो विमोचन



कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा प्रकाशित गरिएको भित्तेपात्रोको एक कार्यक्रमका विच विमोचन गरिएको छ । उद्योग बाणिज्य संघको सभाहलमा शुक्रवार पात्रो विमोचन गरिएको हो । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि कपिलवस्तु उद्योग वाणिज्य संघले नयाँ बर्ष २०७९ को शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन गरेको छ ।
विमोचन कार्यक्रमका प्रमुख अतिथी पुर्व मन्त्री दिपकुमार उपाध्यायले बोल्दै कपिलवस्तु उद्योग बाण्ज्यि संघले गरेका हरेक काम प्रशसनिय रहेको बताए । कपिलवस्तु उद्योग बाण्ज्यि संघले गतिशिल समयलाई समयमै चिनेर शुधारान्मोख दिशातिर प्रवाह भएर लाग्नु पर्ने बेला आएको उनको भनाई छ । यस्तै कार्यक्रमका विसिष्ट अतिथी प्रदेश शभा सदस्य विष्णु पन्थीले कपिलवस्तु उद्योग बाणिज्य संघ राष्ट्रको चिनारी बनेको बताएका छन् । केहि बर्ष अगाडि देखि चालु रहेका कामको नयाँ निरन्तरता दिनुले पनि नगरवासिमा एकताको संन्देस पुगेको उनको भनाई छ ।
देश भर गरेर खानेको सम्भावना न्युन छ । यसलाई कपिलवस्तु उद्योग बाणिज्य संघले मजुदर वर्गलाई संरक्षण गरेर गरिखाने बाटो देखाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमानाथ पौडेल, पुर्व अध्यक्ष विष्णु न्यौपाने, हुमनाथ पौडेल, महिला उपाध्यक्ष ईन्दीरा तिमिल्सिना, कपिलवस्तु नागरीक समाजका अध्यक्ष दोलक बहादुर पछाई लगाएतले आ–आफ्नो भनाई राख्दै नबवर्षको सम्पुर्णमा शुभकामना व्यक्त गरेका थिए ।
भित्तेपात्रो विमोचन तथा नयाँ बर्षको शुभकामना आदान प्रदान कार्यक्रममा संघका अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा पात्रो प्रकाशन संयोजक शालिकराम भुसालको स्वागत तथा संघका महासचिव मनोज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया