

लुम्बिनीमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै समस्या छैन : मेटमणि चौधरीको



रुपन्देही ।
नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै विवाद नभएको बतएका छन् ।
उनले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको पनि प्रक्रिया दिएका छन्। प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्वाजनिक गरेका थिए। तर, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष चौधरीले आफूहरुलाई बैठक बोलाए पनि समय अभावका कारण उपस्थित हुन नसक्दा छुटेको बताए।
‘लुम्बिनी प्रदेश सत्ता गठबन्धनको बैठक हिजो बेलुका अर्थात चैत्र २३ गते बस्यो । हामीलाई अबेला बैठकमा आउन फोन गरिएको थियो । हामी चुनावी चटारोका कारण उपस्थित हुन सकेनौ। गठबन्धनमा खटपट भएर वा अन्य कुनै नियत राखेर हामीलाई छुटाएको होइन’ चौधरीले भने, ‘सत्ता गठबन्धनको बैठक आजपनि बुटवलमा बसेको छ । प्रदेशमा पाँच दलीय गठबन्धन गर्ने विषयमा कुनै समस्या नभएको पनि चौधरीले जिकिर गरे।
एमाले जस्तो प्रतिगामी पार्टीलाई अगामी चुनावबाट ठेगान लगाएर छोड्ने बताए। लुम्बिनी प्रदेशमा कुल १०९ स्थानीय तह छन्। ती सबैमा पाँच दलीय गठबन्धन गरेर जाने विषयमा छलफल भइरहेको बताएको छ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया