

कालोबजारी : डलर १२५, भारु १६५ !



अवैध रूपमा आयातित सामानको भुक्तानी गर्न बजारमा आवश्यक विदेशी मुद्रा नपाएपछि व्यवसायीले एक अमेरिकी डलर साट्न एक सय २५ र एक सय भारतीय रूपैयाँ (भारु) साट्न १ सय ६५ नेपाली रूपैयाँ तिर्नुपरेको छ।
भन्सार छलेर र न्यून बिजकीकरण गरेर नेपालभित्र सामान ल्याउँदा भारत र तेस्रो मुलुकमा उक्त सामानको भुक्तानी गर्न आवश्यक मात्रामा डलर र भारु पाउने अवस्था छैन । मागअनुसार आपूर्ति नभएपछि डलर र भारुको विनिमय दरमा चाप परेको हो। अहिले बजारमा एक डलर र एक सय भारु लिन क्रमशः एक सय २५ र एक सय ६५ नेपाली रूपैयाँ तिर्नु परेको व्यवसायी बताउँछन् ।
वैध रूपबाट (जुन मूल्य छ त्यसैलाई भन्सारमा घोषणा गरेर ल्याउने) आयात गरेका सामानको भुक्तानी गर्न राष्ट्र बैंकले व्यवसायीलाई विदेशी मुद्रा उपलब्ध गराउँछ । भन्सारमा मूल्य घटाएर ल्याएका सामान र भन्सार छलेर ल्याएका सामानको भुक्तानी गर्न भने व्यवसायी आफैले बजारबाट डलर र भारु किन्नुपर्छ । अहिले मुलुकभर अमेरिकी डलर र भारु अभाव भएकाले कालो बजारमा सट्टादर बढेको हो।
आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया