
लुम्बिनी प्रदेशमा उज्यालो प्रदेश अवधारणा सार्वजनिक

बुटवल ।
सबै घरधुरीमा विद्युतको आपूर्ति गरी लुम्बिनी प्रदेशलाई आगामी ५ वर्षभित्र उज्यालो प्रदेश बनाइने गरी बिहिबार उज्यालो प्रदेश अवधारणा सार्वजनिक गरिएको छ ।
प्रदेश सरकारको उर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी प्रदेशलाई २०८३ सालभित्र उज्यालो प्रदेश बनाउने लक्ष्यसहित उज्यालो प्रदेशको अवधारणा सार्वजनिक गरेको हो ।
उज्यालो प्रदेश अवधारणा कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा पाल्पाको निस्दी गाउँपालिकाबाट कार्यक्रम शुरु गरिने उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री बीरबहादुर रानाले बताए । हाल प्रदेशमा करिब ३० प्रतिशत घरधुरीमा विद्युत पुग्न नसकेको र कार्यक्रम कार्यान्वयनमा ल्याउन करिब ३ अर्ब रुपैयाँ बजेट खर्च हुने मन्त्री रानाले बताए ।
उज्यालो प्रदेश बनाउन सम्भाब्य जलविद्युत आयोजनाहरूको बिस्तृत सम्भाब्यता अध्ययन गरी निर्माण गर्ने, पुराना प्रशारण लाइन तथा वितरण प्रणालीहरुको सुधार, निजी क्षेत्रसंगको सहकार्यमा सौर्य विद्युत, लघु तथा साना जलविद्युत आयोजना निर्माण अघि बढाई ५ वर्षमा करिब ७५० मेगावाट विद्युत उत्पादन थप गर्नुपर्ने मन्त्री रानाले बताए ।
भौगोलिक कठिनाई वा तत्काल विद्युत लाइन विस्तार गर्न सम्भव नभएका स्थानहरुमा वैकल्पिक उर्जाको माध्यमबाट सौर्य मिनी ग्रीड/अफ ग्रीड सोलार ब्याकअप वा घरेलु सौर्य उर्जा प्रणाली मार्फत विद्युत सेवा उपलब्ध गराइने मन्त्री रानाले बताए ।
उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले लुम्बिनी प्रदेश अन्य प्रदेशभन्दा सुगम भए पनि ३० प्रतिशत घर धुरी विद्युत सेवाबाट बञ्चित हुनु दुखद भएको भन्दै मन्त्रालयले अगाडि सारेको उज्यालो प्रदेश अवधारणा कार्यान्वयन हुँदा प्रदेशका सबै जनताले सहज रूपमा विद्युत सेवा उपभोग गर्न पाउने बताए ।
कार्यक्रममा मन्त्रालयका सचिब दीपक घिमिरेले १२ जिल्ला मध्ये सबैभन्दा बढी रुकुम पुर्वमा ८७.७५ प्रतिशत र रोल्पामा ५८.१४ प्रतिशत विद्युतिकरण हुन बांकी रहेको जानकारी दिए । त्यस्तै गुल्मीमा २०.६० प्रतिशत, पाल्पामा २०।१० प्रतिशत, कपिलवस्तुमा १८.८८ प्रतिशत, बांकेमा १७.५२ प्रतिशत, नवलपरासी पश्चिममा १४.९२ प्रतिशत, दाङमा १३.९२ प्रतिशत, रुपन्देहीमा १२.५३ प्रतिशत, प्युठानमा ९.४७ प्रतिशत, अर्घाखाँचीमा ९.१९ प्रतिशत र बर्दियामा ४।९२ प्रतिशत घरधुरीमा विद्युतिकरण हुन बांकी रहेको उनले बताए ।
प्रदेशभित्र विभिन्न ८ वटा ठूला सम्भावित जलविद्युत आयोजनाबाट करिब ३ हजार मेगावाट विद्युत उत्पादन हुन सक्ने सचिव घिमिरेले बताए ।
हाल प्रदेशमा ३९.१८ मेगावाट जलविद्युत,९.६१७ सौर्य विद्युत र ०.०२५ मेगावाट हाइब्रिड विद्युत उत्पादन भइरहेको र विभिन्न ८ वटा जलविद्युत आयोजनाबाट १५.९९ मेगावाट तथा सौर्य विद्युतबाट ३ मेगावाट निर्माणाधीन अवस्थामा रहेको छ ।
प्रदेशमा १२ वटा कम्पनीले ११३.५७ मेगावाट र ७८.४९ मेगावाट सौर्य विद्युत उत्पादनका लागि सर्वेक्षण अनुमति लिएको मन्त्रालयका उर्जा महाशाखा प्रमुख महेश पोख्रेलले जानकारी दिए । मन्त्रालयका कानुन अधिकृत कृष्ण बस्यालको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मन्त्रालय उर्जामहाशाखाका प्राविधिक टिम को समेत उपस्थिति रहेको थियो ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया