

डण्डीको मूल्यमा उच्च बृद्धि, सरकारी अनुगमन र बजार हस्तक्षेप शून्य


काठमाडौं
बजारमा डण्डीको मूल्यमा उच्च दरमा वृद्धि भएको छ । एक महिनामा प्रतिकिलो ३६ रुपैयाँसम्म मूल्य बढेको हो ।
गत माघमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजार अनुमगनमा डण्डीको मूल्य प्रतिकिलो ८८ रुपैयाँ थियो । तर, फागुनको तेस्रो साता सकिंदा बजारमा डण्डीको मूल्य १२४ रुपैयाँ पुगेको पाइएको छ ।
एक महिनाको बीचमै डण्डीको मूल्य प्रतिकिलोमै ३६ रुपैयाँले बढ्दा पनि सरकारी अनुगमन र बजार हस्तक्षेप भने शून्य छ । डण्डीको खुद्रा बिक्रेताहरुकाअनुसार डण्डी उत्पादकहरुले एक महिनाको अवधिमा हरेक दिन एक रुपैयाँका दरले मूल्य बढाइरहेको छन् ।
उत्पादकका कारण खुद्रामा डण्डी बिक्री गर्नै कठिन भएको राजेश हार्डवेयरले जनाएको छ । ‘उत्पादकबाट अहिले हामीले १२४ रुपैयाँमा होलसेलमा डण्डी किन्छौं, उपभोक्तालाई पुरानै मूल्यमा बिक्री गरिहरको छौं,’ हार्डवेयरका एक कर्मचारीले भने ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको बहानामा डण्डीको मूल्य उत्पादकले बढाईहको हार्डवेयरको भनाइ छ । बढ्दो मूल्यका कारण बजारमा डण्डीको बिक्री ह्वात्तै ओरोलो लागेको छ ।
बजारमा डण्डीको मूल्यमा केही उद्योगीले मनपरी गरिरहेको नेपाल फलामे छड उत्पादक संघका वरिष्ठ उपाध्यक्ष किरणप्रसाद साखले बताए ।
‘हामीले त अहिले डण्डी उत्पादन नै गरेका छैनौं, केही समूहले सरकारसंग मिलेर जथाभावी कारोबार गरिरहेका छन्,’ साखले भने ।
आफूहरुको उद्योगलाई माथि उठ्न नसक्ने गरी नीति ल्याएर केही उद्योगीलाई बजारमा मोनोपोलीको अवस्था सिर्जना गरिएको पनि साखले बताए ।
छड उत्पादकलाई बोलाउँछौंः वाणिज्य विभाग
बजार अनुगमनका लागि स्रोत र साधनविहीन बनार राखिएको वाणिज्य विभागले भने मूल्य वृद्धिबारे जानकार रहेको तर, अनुगमन गर्न जनशक्ति नभएको बताएको छ ।
केही दिनदेखि छडको मूल्य अचाक्ली बढेकोबारे गुनासोहरु प्राप्त भएको विभागका निर्देशक एवम् अनुगमन शाखा प्रमुख हरि पंगेनीले बताए ।
‘विभागमा अनुगमन टोली सीमित छन् । खाने तेलको गुनासोबारे अनुगमन हुँदा हुँदै छड पनि बेस्सरी बढेको सुनियो,’ उनले भने, ‘हामी तत्काल एक्सनमा जान्छौं ।’ छडको मूल्य बढेको कारणबारे सम्पूण विवरणरसहित विभागमा हाजिर हुन उत्पादकलाई पत्र काटिने पनि उनको भनाइ छ ।
साभार


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया