

नेपाली कांग्रेस बाँकेले पायो नयाँ नेतृत्व, सभापतिमा गौंडेल निर्वाचित


बाँके । नेपाली कांग्रेस बाँके जिल्ला समितिको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।
दोस्रो चरणमा भएको मतदानमा गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ।
बिहीबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका प्रतिस्पर्धी ३ जनामध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि सभापतिका लागि आज ९शुक्रबार० पुनः मतदान भएको थियो।
नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनमा १ हजार ४९३ मतदाता थिए। तीमध्ये शुक्रबार भएको दोस्रो चरणको मतदानमा १ हजार ३३९ मत खसेको थियो।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया