

कर्जा बढ्यो, निक्षेप बढेन



वाणिज्य बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा विस्तारलाई तीव्रता दिने क्रम अझै जारी राखेको पाइएको छ । निक्षेप संकलन नभएपछि बैंकहरूले नेपाल राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफ) लगायत मौद्रिक उपकरणबाट ऋण लिएरै बजारमा कर्जा प्रवाह गर्ने गरेका छन् ।
नेपाल बैंकर्स संघले सोमवार सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन लागेपछि पनि वाणिज्य बैंकहरूले कर्जा विस्तारलाई तीव्रता दिएका छन् । माघ महीनामा १२ अर्ब रुपैयाँले कर्जा बढाएका बैंकहरूले फागुनको २ सातामा १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेका छन् । बैंकहरूले फागुन पहिलो साता ४ र दोस्रो साता ६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् । यस अवधिमा निक्षेप भने २ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ ।
तरलता अभाव कारण देखाउँदै फागुन महीनादेखि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएका थिए । वाणिज्य बैंकहरूले फागुनदेखि निक्षेपको अधिकतम ब्याजदर ११ दशमलव शून्य ३ प्रतिशत पुर्याएका छन् । रेमिट्यान्सको रकमलाई यसमा थप १ प्रतिशत ब्याज दिन पाउँछन् ।
आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया