

कुष्ठरोगको ‘रेड जोन’ मा बाँके



बाँके कुष्ठरोगको ‘रेड जोन’ रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो ।
यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल पर्सन मानव नेपालीका अनुसार राप्तीसोनारीमा कुष्ठरोगका बिरामी शून्य छन् । सबैभन्दा बढी कोहलपुरमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १३, जानकीमा ६, बैजनाथ र नरैनापुरमा पाँच/पाँच, खजुरामा तीनर डुडुवामा एकजना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
बाँकेको जनसंख्या र सेवा क्षेत्र धेरै हुनुसँगै खुला सीमा क्षेत्रका कारण बाँकेमा कुष्ठरोग संक्रमण उच्च रहेको साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेका डा. मंगलबहादुर थारुले जनाए। उनका अनुसार साइनिङ अस्पतालमा पछिल्लो ६ महिनामा आठ हजार चार सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ७४ जनामा कुष्ठरोग देखिएको उनको भनाइ छ। साइनिङ अस्पताल र जनस्वास्थ्य कार्यालयको तथ्यांकमा भने फरकफरक तथ्यांक उल्लेख छ। आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया