

कुष्ठरोगको ‘रेड जोन’ मा बाँके


बाँके कुष्ठरोगको ‘रेड जोन’ रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो ।
यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ ।
जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक एक फोकल पर्सन मानव नेपालीका अनुसार राप्तीसोनारीमा कुष्ठरोगका बिरामी शून्य छन् । सबैभन्दा बढी कोहलपुरमा ११, नेपालगन्ज उपमहानगरपालिकामा १३, जानकीमा ६, बैजनाथ र नरैनापुरमा पाँच/पाँच, खजुरामा तीनर डुडुवामा एकजना कुष्ठरोगका बिरामी फेला परेका छन् ।
बाँकेको जनसंख्या र सेवा क्षेत्र धेरै हुनुसँगै खुला सीमा क्षेत्रका कारण बाँकेमा कुष्ठरोग संक्रमण उच्च रहेको साइनिङ अस्पताल, सिएनएफ नेपाल बाँकेका डा. मंगलबहादुर थारुले जनाए। उनका अनुसार साइनिङ अस्पतालमा पछिल्लो ६ महिनामा आठ हजार चार सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये ७४ जनामा कुष्ठरोग देखिएको उनको भनाइ छ। साइनिङ अस्पताल र जनस्वास्थ्य कार्यालयको तथ्यांकमा भने फरकफरक तथ्यांक उल्लेख छ। आजको नागरिक दैनिकमा समाचार छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया