

बैंकहरुबीच निक्षेपकाे ब्याजदर बढाउने भद्र सहमति



काठमाडौं
वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर बढाउने सहमति गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघले शुक्रबार फागुन महिनाका लागि ब्याजदर बढाउने सहमति गरेका हुन् ।
पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम (तरलता) अभाव चर्को क्रममा छ । कर्जाको माग निरन्तर बढिरहेको तर निक्षेप भने आउन नसकेको भन्दै बैंकहरुबीच ब्याजदर बढाउने भद्र सहमति गरिएको संघका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार व्यक्तिगततर्फ मुद्दतिमा वार्षिक ११.०३ प्रतिशत ब्याजदर पुर्याउने सहमति भएको छ । यसअघि माघ महिनाका लागि बैंकहरुले १०.०७ प्रतिशत ब्याजदर दिने सहमति गरेका थिए । पुसमा बढाइएको ब्याजदर माघ महिनामा भने बढाइएन ।
तर फागुनमा भने एकैपटक करिब १ प्रतिशत ब्याजदर बढाउने निर्णय भएको हो । सहमति अनुसार अब वाणिज्य बैंकहरले संस्थागतमा निक्षेपमा १०.३ प्रतिशत ब्याजदर दिनेछन् । यसैगरी बचत खाातामा ५ प्रतिशत र कलमा ३.०१५ प्रतिशत व्याजदर दिने भद्रम सहमति भएको ति सदस्यले जानकारी दिए ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया