

तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

दाङ
तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।
राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए ।
तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया