

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र वेस्टह्याम विजयी : बर्नली र युनाइटेडको बराबरी


एजेन्सी
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।
गएराति भएका खेलमा न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हरायो । जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ । न्युक्यासल १७ औ स्थानमा छ । एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ ।
त्यस्तै बर्नलीसँगको खेलमा युनाइटेडले अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा बर्नलीका जे–रोड्रिगेजले गोल गरी खेल बराबरीमा ल्याए । बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् । बर्नलीसँग बराबरी खेलेको युनाइटेड पाँचौ स्थानमा छ । उसको २३ खेलमा ३९ अंक छ । २० खेलमा १४ अंक मात्रै जोडेको वर्नली अंकतालिकाको पुछारमा छ । २३ खेलमा ५७ अंकका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा कायमै छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया