

नेपालले यूएईमा विश्व कप लिग–२ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने



काठमाण्डौँ
नेपालले विश्व कप लिग–२ अन्तर्गत यूएईमा त्रिदेशीय क्रिकेट श्रृङ्खला खेल्ने भएको छ ।
आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत यूएईले त्रिदेशीय एक दिवसीय श्रृङ्खला आयोजना गर्ने भएको हो । यो श्रृङ्खला मार्चको तेस्रो हप्ता गर्ने तयारी छ । त्रिदेशीय श्रृङ्खलाको तालिका भने सार्वजनिक हुन बाँकी छ । तर पपुवा न्युगिनी, नेपाल र यूएईबीच हुने भनिएको छ ।
नेपालले आईसीसी विश्व कप लिग–२ मा अहिलेसम्म दुई वटा त्रिदेशीय श्रृङ्खला खेलेको छ । नेपालले सन् २०२० मा घरेलु मैदान कीर्तिपुरमा ओमान र अमेरिकासँग खेलेको थियो । त्यस्तै असोजमा ओमानमा ओमान र अमेरिकासँग खेल भएको थियो ।
नेपाल विश्व कप लिग–२ मा आठ खेलमा चारमा जित र चारमा हारसहित छैटाैँ स्थानमा छ । सन् २०२३ सम्म चल्ने विश्व कप लिग–२ का शीर्ष तीन टोलीले सोझै एक दिवसीय विश्व कप छनोटमा स्थान बनाउने छन् ।
बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया