

२४ घण्टामा ३ हजार ६ सय ३७ जनामा काेराेना पुष्टि, १२ जनाकाे ज्यान गयाे


काठमाण्डाै
नेपालमा लगातार पाँचौँ दिन आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो पाँच दिनदेखि सङ्क्रमण हुने सङ्ख्या घटिरहेको छ भने निको हुनेको सङ्ख्या बढिरहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र सात हजार पाँच सय ५५ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ११ हजार पाँच सय ८२ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।
यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । अहिले नेपालमा ६९ हजार दुई सय ९१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टा र यसअघिको विवरणसमेत गरी आठ लाख १५ हजार सात सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया