

चितवनको भरतपुरमा शिक्षक अस्पताल


काठमाण्डाै
चितवनको भरतपुरमा शिक्षक अस्पताल बन्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भरतपुरमा शिक्षक अस्पताल बनाउन स्वीकृति दिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषदमा शिक्षक अस्पताल भरतपुर बनाउने प्रस्ताव लैजानुभएको थियो ।
शिक्षक अस्पताल भरतपुर महानगरपालिका वडा नम्बर–१५ भगवानपुरमा बनाउने निर्णय भएको छ ।
शिक्षक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन समितिले केही दिन अगाडि शिक्षा मन्त्री पौडेललाई भेटेर चितवनमा अस्पताल बनाउन उपयुक्त हुने सुझाव दिएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया