

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै



पोखरा
पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्।
आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता २० औं संस्करणसम्म आइपुग्दा मनाङ र नेपाल पुलिसले समान ६ पटक उपाधि जितेका छन्। फाइनल प्रवेशका लागि मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले हराएको थियो भने सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो।
अर्कोतर्फ एपीएफ पहिलो पटक उपाधि जित्ने होडमा छ। प्रिक्वाटरफाइनलमा साहारा क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको एपीएफले क्वाटरफाइनलमा भुटनिज युथ स्पोर्ट्स क्लबलाई १-३ गोलअन्तरले हराएको थियो। त्यस्तै सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया