

गुल्मीमा कोरोना : आज ७० जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या ५ सय बढी


गोकर्ण पाण्डे
गुल्मीमा शुक्रबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थान गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउँपालिकामा २० जना,चन्द्रकोट गाउँपालिकामा १६ जना,कालिगण्डकी गाउँपालिकामा ८ जना,रेसुङ्गा नगरपालिकामा ७ जना,छत्रकोट गाउँपालिकामा ७ जना,गुल्मीदरबार गाउँपालिकामा ७ जना,धुर्कोट गाउँपालिकामा ३ जना र मालिका गाउँपालिकामा २ जना गरि ७० जना संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या५३५ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया