

२४ घण्टामा १२ हजार ८ जनामा काेराेना पुष्टि, ८ सङ्क्रमितकाे ज्यान गयाे


काठमाण्डाै
पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार आठ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । पीसीआर र एन्टिजेन गरी २५ हजार आठ सय नाै जनाको नमुना परीक्षण गर्दा ४६ दशमलव ३४ प्रतिशत अर्थात् १२ हजार आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण थप आठ जनाको ज्यान गएको छ । आज ज्यान गुमाएकासहित नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार ६ सय ६७ पुगेको छ ।
२४ घण्टामा तीन हजार ४० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ८८ हजार नाै सय ३४ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।
यसैबीच २४ घण्टामा दुई लाख ३९ हजार आठ सय ५१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । याेसहित अहिलेसम्म खोप लगाउने दुई करोड ९६ लाख ६४ हजार ६ सय सात जना रहेका छन् । यसमा एक करोड ६३ लाख ३३ हजार नाै सय ३७ जनाले कम्तीमा एक मात्रा र एक करोड ३१ लाख ६ हजार सात सय २६ जनाले पूर्ण मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया