

जिल्ला प्रशासन कार्यालय गुल्मीको अत्यावश्यकबाहेकका सेवा बन्द


गुल्मी
जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारीहरुलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत तीन जना कर्मचारीहरुलाई सङ्क्रमण पुष्टि भएको र अन्यलाई समेत केही लक्षणहरु देखा परेपछि माघ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुन्यविक्रम पौडेलले बताउनु भएको छ ।
प्रजिअ पौडेलका अनुसार प्रशासन कार्यालयमा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको हो ।



खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया