

पश्चिम नेपालबाट न्यून चापीय प्रणाली भित्रियो : मौसम बद्ली



काठमाण्डाै
देशभरको मौसम बद्ली भएको छ । पश्चिम नेपालबाट भित्रिएको न्यून चापीय प्रणालीका कारण आजदेखि मौसम बद्ली भएको हो ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल लागिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर अहिलेसम्म कतै पनि पानी परेको छैन ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, वाग्मती र प्रदेश-१ का एक–दुई ठाउँमा आज दिउँसो हल्का वर्षाको सम्भावना छ । आजराति पनि मौसम बद्लीकै अवस्थामा रहनेछ ।
अहिले तराईमा हुस्सु र कुहिरो लागेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । अबको दुई/तीन दिन उच्च भूभागमा हिमपात तथा पहाडी र तराई क्षेत्रमा पानी पर्नसक्ने सम्भावना देखिएको छ । न्यून चापीय प्रणालीको प्रभाव पर्सि सोमवारसम्म देखिनेछ । त्यसपछि क्रमशः सुधार हुँदै जाने उहाँले बताउनुभयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया