

साना किसान जगदिशपुरको ५औं बार्षिक साधरणसभा सम्पन्न



रामबहादुर गन्धर्व ,कपिलवस्तु । साना किसान कृषि सहकारी संस्था लि.कपिलवस्तु नगरपालिका वडा नं.९ जगदीशपुरको ५ औं बार्षिक साधरणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभा कार्यक्रममा लुम्बिनी प्रदेश बालबालिका तथा कानुन मंन्त्रि रमा घर्तिले सहकारीहरुका लागि सक्षम र दक्ष नेतृत्व आएम सहकारीले छोटो समयमा समेत ठूलो फड्को मार्न सक्ने बताइन् । उनले सहकारीले आर्थिक हिसाबकिताबको पारदर्शिता सँगै नागरिकहरुलाई ऋिण पर्वाहमा न्याचित अवधारणाको विकास गर्नुपर्ने बताइन् ।
यस्तै कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ताले सहरकारी संस्थाको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्दै नगरपालिकाबाट प्रदान गरिने सहकारीमुखि योजना र सेवामा सहयोग गर्ने प्रतिवद्धता गरेकी छन् ।
त्यस्तै संस्थाले छोटो समययमा ठुलो उपलब्धि हासिल गर्न सफल भएको बताउदै सान किसान लघुवित बित्तिय संस्थाका अधिकृत निरन्जन निषाद, नेपाल केन्द्रीय कृषि सहकारी संघका सञ्चालक पदम खनाल ,साना किसान कृषि सहकारी संस्था सेमलारका अध्यक्ष गोपाल पौडेल लगाएतले संस्थाको उन्नति ,प्रगति सहित पूर्ण सफलताको शुभकामना ब्यक्त गरेका थिए।
२०७३ सालमा डिभिजन सहकारी कार्यालय तौलिहवामा बिधिवत रूपमा दर्ता भए पश्चात् सहकारीले नियमित रूपमा यस क्षेत्रका किसान, महिलाहरुलाई समुहमा आबद्ध गराई धितो / बिनाधितो ऋण प्रवाह गर्ने विभिन्न तालिम तथा गोष्ठी सञ्चालन गर्ने गरेको जनाएको छ ।
यसै बिच संस्थाले अगामी बर्षका लागि नीति तथा कार्यक्रमहरू अगाडि सारेको छ। १३ सय शेयर सदस्य रहेको संस्थामा खुद नाफा १७ लाख ८० हजार ६ सय ८५ रूपिया रहेको छ,भने संस्थाको शेयर पुँजी ५३ लाख ३२ हजार ६ सय रहेको बताउदै संस्थाको कुल कारोबार १५ करोड ५३ लाख ६५ हजार ३ सय ५ रूपिया सार्वजनिक गरिएको छ । यस्तै संस्थाले असल कृषक ,असल ऋणि सफल ब्यवशायीहरूलाई सम्मान गर्दै सम्पूर्ण अतिथिहरूलाई उपहारस्वरूप १÷१थान घिऊ,कुरौनी समेत प्रदान गरेको थियो ।
संस्थाकि अध्यक्ष शशिकला मौर्यको अध्यक्षता, बालबालिका तथा कानुन मंन्त्रि रमा घर्तिको प्रमुख आतिथ्यता ,साना किसान लघुबित बितिय संस्था बुटवलका अधिकृत निरन्जन निषाद ,साना किसान तथा लघुबित बित्तिय संस्था लि.बुटवलका वरिष्ठ सहायक र्निमल कडेल,साना किसान कृषि सहकारी सं.लि.मोतिपुरका अध्यक्ष भिमप्रसाद सापकोटा बिशिस्ट आतिथ्यता विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी वडाका जनप्रतिनिधि ,शेयर सदस्य ,शुभेच्छुक लगाएतको बाक्लो उपस्थिति रहेको कार्यक्रम कमला आचार्य पौडेलको स्वागत मन्त्ब्य सहित ब्यस्थापक वसन्त मुराऊको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया