

आज चार वटा प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना



काठमाण्डाै
आज चार वटा प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । मेघगर्जन/चटयाङ्गसहित हल्का वर्षा भए पनि यसअघिको जस्तो ठूलो पानी भने नपर्ने मौसमविद्को भनाइ छ ।
अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । अरु बाँकी प्रदेश-१, दुई र वाग्मती प्रदेशमा भने मौसम बद्ली रहने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । यी तीन वटा प्रदेशको हिमाली र उच्च पहाडी क्षेत्रमा भने हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
पर्सिदेखि भने मौसम सुधार हुने र घाम लाग्ने मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया