

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै



काठमाण्डौ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौँ चरण अन्तर्गत आज तीन वटा खेल हुँदैछन् ।
दशरथ रङ्गशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अङ्कतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अङ्क छ । समान खेलमा तीन अङ्क मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।
यस्तै पोखरा रङ्गशालामा दिउँसो दुई बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब खेल्दैछन् । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसको ७ खेलमा १६ अङ्क छ । च्यासल ७ खेलमा पाँच अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । सातौँ स्थानमा रहेको एनआरटीको ७ खेलमा १० अङ्क छ । समान खेलमा ११ अङ्क रहेको त्रिभुवन आर्मी अङ्कतालिकाको चौथो स्थानमा रहेको छ ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया