

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु



रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१२ देवकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अर्को एक युवा गम्भीर घाइते भएका छन् ।
यस्तै बुटवल उपमहागनगरपालिका–५ नेपालगन्ज रोडमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट पैदलयात्री नवलपरासी बर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास राना मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने स्कुटर चालक प्रहार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया