

रुपन्देहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु


रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा २ जनाको मृत्यु र १ जना घाइते भएको प्रहरीले जनाएको छ । सिद्धार्थनगर नगरपालिका–१२ देवकोटा चोकमा लु ३४ प १३७२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा २५ वर्षीय युवाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भीम अस्तपालमा उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । मृतक युवाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोही मोटरसाइकलमा सवार अर्को एक युवा गम्भीर घाइते भएका छन् ।
यस्तै बुटवल उपमहागनगरपालिका–५ नेपालगन्ज रोडमा स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट पैदलयात्री नवलपरासी बर्दघाट नगरपालिका चिसापानी घर भई हाल बुटवल उपमहानगरपालिका–९ दिपनगर बस्ने ५१ वर्षीय सुवास राना मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने स्कुटर चालक प्रहार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया