


माओवादीको अध्यक्षमा फेरि प्रचण्ड, देश र पार्टीका लागि अध्यक्ष बनेको दाबी



काठमाण्डाै
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनुभएको छ । आज साेमवार बसेको केन्द्रीय कमिटीको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रचण्डलाई अध्यक्ष बनाउन नारायणकाजी श्रेष्ठले प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफू अब नेतृत्वबाट अलग हुनुपर्छ भन्ने लागे पनि देश र पार्टीको आवश्यकता र केही बाध्यताका कारण अध्यक्ष बन्नुपरेको बताउनुभयो ।
‘अब नेतृत्व छाडेर भिन्न भूमिकामा जानुपर्ने बेला आएको जस्तो लाग्छ, तर देश र पार्टी रूपान्तरणको आवश्यकतालाई हर्दा केही समय दुःख गर्नुपर्छ, सक्रिय हुनुपर्छ भन्ने बाध्यता रहेको महसुस हुन्छ’, उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताउनुभयो ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया