

२४ घण्टामा २ सय १६ जनामा काेराेना पुष्टि


काठमाण्डाै
पछिल्लो २४ घण्टामा दुई सय १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार ६ सय ३१ जनाको नमुना परीक्षण गर्दा दुई सय १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै थप दुई सय नौ जना निको भएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख १२ हजार चार सय १९ जना पुगेको छ । अहिले नेपालमा चार हजार नौ सय ७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ११ हजार पाँच सय ९६ पुगेको मन्त्रालयले जनाएकाे छ ।
यसैबीच पछिल्लो २४ घण्टामा एक लाख ३३ हजार आठ सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म एक करोड चार लाख ९६ हजार जनाभन्दा धेरैले पूर्ण मात्रा खोप लगाएका छन् । एक करोड ४१ लाख १८ हजार २७ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’






प्रतिक्रिया