

बाणगंगामा सहकारीहरुलाई एकिकृत गर्दैछौँ : मेयर थारु



रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बाणगंगामा सहकारी एकिकरण गरि नयाँ आयामको सहकारी निति अनुसार काम गर्ने कार्यको सुरुवात गरिसकिएको बताउनुभएको छ । उहाँले छरिएर रहेका सहकारीहरुलाई एकिकरण गरि अझ गतिशिल ढङ्गबाट संचालन गर्ने परिपाटिको विकास गर्न खोजिएको पनि बतउनुभयो ।
कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित हिमाली बचत तथा ऋण सहकारी सँंस्था लिमिटेडको वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै घरघरमा भकारी, गाउँगाउँमा सहकारी भने जस्तै बाणगंगा नगरपालिकामा पनि धेरै सहरकारी संस्थाहरु जन्मिएको उहाँले बताउनुभयो । त्यस्तै उहाँले सहकारीहरुको माध्यमबाट नागरिकहरुलाई स्वरोजगार बनाउने गरी काम गर्ने र सिपमूलक कार्यक्रमहरुका मध्यमबाट नागरिकहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्य अब सहकारीले लिनुपर्ने पनि बताउनुभयो ।
आजको बचत ,भोलिको सुनौलो भविष्य भन्ने मुल नाराका साथ कपिलवस्तु स्थित हिमाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
जिल्लाको बाणगङ्गा नगरपालिका ५ कोपवा स्थित हिमालीको १४औं साधरणसभा कार्यक्रम मार्फत २०६४ सालमा दर्ता भई संचालन भएको सो सहकारीमा हाल बाणगंगाका वडाका सातवटा वडा र कपिलवस्तु नगरपालिका भित्रका दुईवटा वडाका नागरिकहरु शेयर सदस्य रहेको जनाइएको छ ।
संस्थामा कुल १ हजार पाँच सय शेयर सदस्य रहेका छन् । जसमा महिला ७ सय ३९ र पुरूष ८ सय ५३ जना रहेको सहकारीले जनाएको छ । सहकारीको कुल बचत १६ करोड ८३ लाख २३ हजार ९ सय ३४ रूपिया रहेको सार्वजनिक प्रतिवेनमा मार्फत उल्लेख गरिएको छ । त्यस्तै संस्थाको कुल कारोवार ६८ करोड ७९ लाख ८३ हजार ८ सय ४२ रूपिया रहेको संस्थाले जनाएको छ ।
सम्पन्न साधारणसभा कार्यक्रममा बाबुराम अर्यालको अध्यक्षता ,नगर प्रमुख मंगलप्रसाद थारूको प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिकि उपप्रमुख तारावती चौधरी, बाणगंगा पाँचका वडा अध्यक्ष भिष्मराज भुसालको बिशिस्ट आतिथ्यता रहेको थियो ।
विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी ,सुरक्षाकर्मी ,स्थानिय समाजसेवी ,बुद्धिजीवीहरूको सक्रिय सहभगि रहेको कार्यक्रम सचिव कमल प्रसाद खनालको सञ्चालन र उपाध्यक्ष भरतराज न्यौपानेको स्वागत मन्त्ब्यमा सम्पन्न भएको थियोे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया