

वर्षा र हिमपातले कतै हर्ष, कतै कष्ट (फोटो फिचर)



काठमाण्डाै

काठमाण्डाै – हिमपात र वर्षाले देशका धेरै ठाउँको जनजीवन कष्टकर बनाएको छ ।
हिमपातका कारण उच्च पहाडी तथा हिमाली जिल्लासँगै तराईका जिल्लाको जनजीवन कष्टकर बनेकाे छ ।

चिसो बढ्दा घर बाहिर हिँडडुल गर्न समेत कठिन भएको छ । गएको ११ गतेदेखि परेको हिमपातका कारण मनाङका माथिल्लो क्षेत्रका स्थानीय बासिन्दा जिल्लाबाट बाहिरिएका छन् ।

मनाङको सदरमुकामलगायत तल्लो भेगमासमेत बाक्लो हिमपात भइरहेको छ । हिमपातले हिँडडुल गर्न समेत कठिन भएको छ । गाडीको आवगमनसमेत ठप्प भएको छ । मनाङको माथिल्लो भेगमा अहिले दुई फिटसम्म हिउँ जमेको त्यहाँका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

उहाँकाअनुसार पर्यटकलगायत नागरिकलाई हिमपातको समयमा सतर्क हुन अनुरोध गरिएको छ । यस्तै, हिमपातका कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रको जनजीवन पनि प्रभावित भएको छ । म्याग्दी र मुस्ताङमा हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको छ ।

यस्तै, हिमपात पछि बझाङमा टेलिफोन सेवा आंशिक रुपमा प्रभावित भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिकम टावरमा सौर्य प्रणाली चार्ज नहुँदा नेपाल टेलिकमको सेवा पनि आंशिक रुपमा प्रभावित भएको हो ।

हिमपात र वर्षाले जनजीवन कष्ठकर बनाइ रहे पनि देशका कतिपय ठाउँमा हिउँमा रमाउनेहरु बढेका छन् । काडमाण्डौसहित आसपासका हिउँ परेका क्षेत्रमा हिउँ खेल्न जानेको भीड बढेको छ । काठमाण्डौको चन्द्रागिरिमा हिजो बिहानदेखि नै हिउँ खेल्नेहरु पुगेका छन् ।

यस्तै, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रसुवा र मकवानपुर जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । हिउँ पर्न थालेसँगै यो क्षेत्रमा हिउँमा रमाउन जानेहरु बढेका छन् । यसले हिउँ परेका क्षेत्रमा आन्तरिक पर्यटक बढेका छन् ।

हिजो बेलुका चन्द्रागिरि जाने र फर्किनेको भीडका कारण कलङ्की थानकोट सडक खण्डमा गाडीको चाप समेत बढेको थियो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया