

सिनर्जीको प्रगति परिणामले प्रदेशको अर्थव्यवस्थामा टेवा पुग्छ : सासंद पन्थी



कपिलवस्तु ।
लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रदेशको अर्थव्यवस्थालाई दरिलो बनाउँन सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था कोसे ढुङ्गा सावित हुने दाबी गरेका छन् । सासंद पन्थीले सिनर्जीको प्रगति परिणामले प्रदेशकै अर्थ व्यवस्थामा उल्लेखीय टेवा पुराउन सक्ने बताए । सोमबार सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जितपुरको प्रारम्भिक साधारण सभालाई सम्बोधन गर्दै सासंद पन्थीले यस्तो बताएका हुन् ।
सानासाना प्रयासहरु नै एकीकृत अर्थव्यवस्थाको जोड भएको बताउँदै सिनर्जी पनि त्यसको महत्वपूर्ण हिस्सा भएको उनको भनाई छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सासंद पन्थीले कुनै समय बाणगंगामा मात्र सिमित रहेको संस्थाले अहिले ४ जिल्लालाई आफ्नो कार्य क्षेत्र बनाउँदै जानु आफैमा उपलब्धिमूलक कार्य रहेको बताए । शेयर सदस्य, पुँजी, कार्यक्षेत्र लगायत सबै हिसाबले सिनर्जीले आफ्नो क्षमतामा विकास गर्दै लानुपर्ने उनले बताए । संस्थालाई पारदर्शी, व्यवस्थित बनाउँदै योजनाको बाटोमा चलाउनुपर्ने आवश्यकता समेत उनले औंल्याएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष लक्ष्मण प्रसाद बेल्बासेले कोभिड १९ का कारण संस्थाको दीर्घकालिन लक्ष्य प्राप्तिमा अपेक्षाकृत सफलता प्राप्त गर्न नसकिएको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका बेल्बासेले बाणगंगालाई कार्यक्षेत्र बनाएका ६ वटा सहकारीलाई एकीकरण गरि संयुक्त रुपमा सम्पूर्ण कामका गर्नु भए महत्वपूर्ण उपलब्धि रहेको दाबी गरे ।
कार्यक्रममा संस्थाका सचिव कृष्ण प्रसाद न्यौपानेले आर्थिक बर्ष २०७७/७८ को प्रगति प्रतिवेदन प्रस्तुत गरे । उनले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्था एकीकरणका महत्वपूर्ण निर्णयहरु र कार्यान्वयनका बारेमा जानकारी दिए । संस्थाका कोषाध्यक्ष चिरञ्जिवी पन्थले आर्थिक बर्ष २०७७÷७८ को आर्थिक प्रतिवेदन गरे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया